• ११ मंसिर २०८१, मङ्गलबार

पुस्तकप्रति नयाँ पुस्तामा रूचि देखिएन : शिक्षामन्त्री पौडेल

blog

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौं, भदौ १५ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले पुस्तकप्रति नयाँ पुस्तामा रुचि नदेखिएको बताउनुभएको छ। १५ औँ पुस्तकालय दिवसको अवसरमा बोल्दै मन्त्री पौडेलले नयाँ पुस्तामा पुस्तक पढ्ने रुचि हराउँदै गएको बताउनुभएको हो। 

‘अहिलेको पुस्तामा पुस्तक पढ्ने रुचि हराउँदै गएको छ,’ शिक्षामन्त्री पौडेलले भन्नुभयो, ‘पुस्तक पढ्ने रुचि हराउँदै जाँदा अध्ययन अनुसन्धान क्षेत्रमा कमजोर हुने अवस्था आयो।’

पुस्तक एवम् पत्रपत्रिका पढ्ने हराउँदै गएको बताउँदै मोबाइलमा आउने शीर्षक हेरेर धारणा बनाइ हिँड्ने चलन सुरु भएको बताउनुभयो। ‘लेखकले लेखेको कविता, उपन्यास र कथा पढ्ने तिर पछिल्लो पुस्तामा हराउँदै गयो,’ उहाँले भन्नुभयो,’ त्यसले सामाजिक समवेदना र जिम्मेवारी बोध, संस्कार र संस्कृति हराउँदै गयो।’

उहाँले आधुनिकीकरणको नाममा संस्कार र संस्कृति भुल्ने पुस्तक पढ्ने, धारणा बनाउने जस्ता क्रियाकलाप कमजोर हुँदै गएको बताउनुभयो। यस वर्ष ‘पडौँ, पढाऔँ, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऊँ’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १५औँ पुस्तकालय दिवस मनाएको छ।