• ११ पुस २०८१, बिहिबार

तीजमा दर र व्रतका फाइदा

व्रतमा पानी र जुस खान पोषणविद्को सुझाव

blog

काठमाडौं, भदौ १३ गते । तीज हिन्दु नारीहरूको महत्त्वपूर्ण चाड हो । यो पर्व तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान् शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ ।

तीजमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी-चेलीलाई घरमा गई बोलाएर मीठा–मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुख दुःख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन छ । 

दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ । दरमा ठाउँअनुसार विभिन्न मिठा–मिठा परिकार साथै खीर, ढकने, सेल रोटी, केरालगायतका खाना, फलफूल खाने प्रचलन छ । 

अघिल्लो दिन दर खाएर भोलिपल्ट तीजको दिन निराहार व्रत बस्नेलाई दरले दिनभर पौष्टिकतत्वको काम गर्ने भएकाले दिनभर व्रत बस्न ऊर्जा मिल्ने

दर मध्यरात १२ बजेअघि खाने र भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकाले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरि खाने प्रचलन थियो भने आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ ।  अचेल एक महिना अघिदेखि नै दर खाने रमाइलो गरेर तीज मनाउने प्रचलन बढ्दै गएको छ । 

पोषणविद् प्रा.डा. जया प्रधान अघिल्लो दिन दर खाएर भोलिपल्ट तीजको दिन निराहार व्रत बस्नेलाई दरले दिनभर पौष्टिकतत्वको काम गर्ने भएकाले दिनभर व्रत बस्न ऊर्जा मिल्ने बताउनुहुन्छ ।  

हरितालिका तीजका बेला पानीसमेत नखाई व्रत बस्ने र धेरै नाचगान गरिने हुनाले शक्ति आवश्यक हुने हुँदा दर खाने चलन चलिआएको हुन सक्ने प्रा.डा प्रधानले उल्लेख गर्नुभयो । 

उहाँ भन्नुहुन्छ, “दरमा के परिकार हुन्छ। परिवार अनुसार फरक फरक परिकार दरका रूपमा खाने प्रचलन छ । परिकार अनुसार त्यसबाट पाउने पोषणतत्व पनि फरक फरक हुने गर्छ ।”

व्रत बस्दा पानी पनि नखाई बस्दा शरीरमा पानीको कमी हुनसक्ने भएकाले बेलाबेलामा पानी पिउन डा. प्रधानको सुझाव छ । डा.प्रधान व्रत निराहार बस्नुभन्दा फलफूल खाएर बस शारीरिक रूपमा फाइदाजनक मानिन्छ । 

हरितालिका तीजको अवसर पारेर गोरखापत्र अनलाइनले त्रिभुवन विश्वविद्यालयका पोषणविद् तथा केन्द्रीय गृ विज्ञान विभाग प्रमुख प्रा.डा जया प्रधानसँग तीजको व्रत र दरको  फाइदाका विषयमा केन्द्रित भई गरिएको भिडियो संवाद :


भिडियो : मनोरत्न शाही\केशब गुरुङ

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।