• १२ असार २०८१, बुधबार

नेप्से परिसूचक ३३.३६ अङ्कले गिरावट

blog

काठमाडौं, भदौ १२ गते। साताको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचक उच्च अङ्कले घटेको छ।

आइतबार नेप्से परिसूचक ३३.३६ अङ्कले घटेर दुई हजार बिन्दु भन्दा तल १९८९.२६ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.०५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२३ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४३ अङ्कले घटेको छ।

आइतबार कारोबारमा आएका २२४ कम्पनीको ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको कारोबार भएको छ।

नेप्सेका १३ वटा उपसमूहमा म्युचुअल फण्डबाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ। फाइनान्स र हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ।

नेप्से परिसूचक गिरावट आए पनि  ५ वटा कम्पनीको मात्रै शेयर मूल्य केही बढेको छ। जसमा राधि विद्युतको शेयर मूल्य सबैभन्दा धेरै ५.९० प्रतिशतले बढेको छ भने आदर्श लघुवित्तको १.९८ प्रतिशत, मैलुङ खोला जलविद्युतको १.३४ प्रतिशत, युनिलिभरको ०.४१ प्रतिशत र सबैको लघुवित्तको ०.२२ प्रतिशतले बढेको छ।

यता रुरु जलविद्युतको शेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ। आइतबार अरुण कावेली हाइड्रोपावरको सबैभन्दा धेरै १० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ।