• ११ पुस २०८१, बिहिबार

रेडक्रस रुकुमपूर्वको सभापतिमा गौतम

blog

नवनिर्वाचित पदाधिकारी तथा सदस्य। तस्बिरः जयमान बुढा मगर।

जयमान बुढा मगर

रुकुमपूर्व, भदौ ११ गते। नेपाल रेडक्रस सोसाइटी रुकुमपूर्व शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ। शनिबार सिस्ने गाउँपालिका-५ को एक होटलमा नेपाल रेडक्रस सोसाइटी रुकुमपूर्वको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको हो। 

प्रथम अधिवेशनले सम्पूर्ण पदाधिकारी र कार्य समितिका सदस्य सर्वसम्मत निर्वाचित भएका छन्। सभापतिमा सिस्ने गाउँपालिका-६ का दामोदर गौतम, उप-सभापतिमा पुथाउत्तरगङ्गा गाउँपालिका-८ का टेकप्रसाद समाल र सिस्ने-५ का शिल्पा पौडेल निर्वाचित हुनुभएको छ। यसैगरी मन्त्रीमा सिस्ने-५ का लोकेन्द्रबहादुर बुढाथोकी, उप-मन्त्रीमा सिस्ने-६ का भिमकान्त उपाध्याय, कोषाध्यक्षमा सिस्ने-५ का वामदेव गौतम, उप-कोषाध्यक्षमा सिस्ने-३ का कमानसिङ खत्री सर्वसम्मत निर्वाचित हुनु भएको छ। ७ जना पदाधिकारी १० सदस्य गरी १७ जनाको कार्य समिति निर्माण गरिएको छ। 

२०६५ सालदेखि २०७४ सालसम्म रेडक्रस सोसाइटी रुकुमकोट उपशाखाको रूपमा रहेको थियो। पछि साविक रुकुम जिल्लालाई पूर्व र पश्चिम गरी दुई भागमा विभाजन गरेपछि जिल्लामा २०७५ साल लोकेन्द्रबहादुर बुढाथोकीको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको थियो। त्यसपछि २०७७ पुस महिनामा मोहनबहादुर केसीको संयोजकत्वमै तदर्थ समिति पुनः गठन गरिपछि हाल सम्म केसीकै नेतृत्वमा रहेको तदर्थ समितिले नियमित कामकाज गर्दै आएको थियो। 

शनिबार प्रथम अधिवेशनको बन्द सत्रबाट पहिलो पटक नेपाल रेडक्रस सोसाइटी रुकुमपूर्व शाखाले पूर्णता पाएको छ।