• २२ साउन २०८२, बिहिबार

पहिरो खस्दा मध्यपहाडीको लमजुङ–पोखरा सडकखण्ड अवरुद्ध

blog

मध्यनेपाल–९ विमिरेभञ्याङमा खसेको पहिरो र अवरुद्ध सडक । तस्बिर : नवीनराज कुइँकेल

नवीनराज कुइँकेल
लमजुङ, साउन २२ गते ।
सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्गको लमजुङ–पोखरा सडक खण्ड अवरुद्ध भएको छ । बिहीबार बिहान मध्यनेपाल नगरपालिका–९ बिमिरेभञ्याङमा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

बिहान ७ः३० बजेतिर रुख र चट्टानसहितको ठूलो पहिरो खसेको थियो । अहिले पनि ससाना पहिरो र ढुङ्गाहरु झरिरहेको स्थानीयले बताएका छन् । स्थानीय सुरज गुरुङका अनुसार पहिरोले लमजुङबाट पोखरा जान लगेका र पोखराबाट लमजुङतर्फ आएका सवारी साधनहरु पहिरोले रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकुमार शाह तेलीले पहिरो हटाएर सडक खुलाउनका लागि पहल भइरहेको बताउनुभयो । उहाँले सवारी साधनहरुलाई वैकल्पिक मार्ग प्रयोग गरेर पठाइएको बताउनुभयो ।