• १५ असार २०८१, शनिबार

गाउँमा राेजगारीकाे व्यवस्था गर्न बाँकी छः वरिष्ठ नेता पौडेल

blog

भानु नगरपालिका–४ खहरेको कार्यक्रममा सहभागी हुनुभएका वरिष्ठ नेता पौडेल । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की 

तनहुँ, भदौ ७ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक विश्राम नलिने बताउनुभएको छ । भानु नगरपालिका –३ खहरेमा हालै आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेले भन्नुभयो, ‘‘मैले केही गर्न बाँकी छ राजनीतिक विश्राम लिने बेला भएको छैन ।’’

गाउँबाट विचलित भएको मनलाई गाउँमा नै सेवा र सुविधा पु¥याएर बसौं बसौं बनाउन राजनीतिमा लागेको हुँ भन्नुहुँदै विगतका सपना अझै पूरा नभएको उहाँले बताउनुभयो । सडक, पानी, विजुली, सञ्चार, स्वास्थ्य चौकी, विद्यालय सबै कुरा गाउँमा पु¥याए नि आम्दानी र रोजगारी नभएकाले गाउँ रिक्तिएको उहाँले बताउनुभयो । 

कृषि क्रान्ति, पर्यटनको विस्तार, उर्जा शक्तिको विस्तार अनि गाउँ गाउँमा व्यवसाय स्थापित गर्ने र युवालाई साथ लिएर गाउँमै रोजगारीको स्थिति ल्याउन उहाँ लागिपरेको भनाइ राख्नुभयो ।

मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाटै उम्मेदवार बन्ने उहाँले बताउनुभयो । 

संविधानको रक्षाका लागि गठबन्धन गरिएको र गठबन्धनले आगामी दिनमा पनि निरन्तरता पाउँने उहाँको भनाइ थियो । निर्वाचनको मिति तोकिएसँगै वरिष्ठ नेता पौडेलले गृहजिल्लामा कार्यकर्ता भेटघाटलाई तीव्र बनाउनुभएको छ ।