• ८ वैशाख २०८१, शनिबार

साताका सात तस्बिर

blog

जनै पूर्णीमाको अवसरमा दैलेख र कालिकोट जिल्लाको सीमा क्षेत्रमा पर्ने महावु धाम लाग्ने मेला भर्न त्यसतर्फ जाँदै भक्तजन । तस्बिर : विशाल सुनार


मंगलबार बिहान मौसम  खुलेसँगै कलमसी भक्तपुरबाट देखिएको काठमाडौं उपत्यका । तस्बिर : शेखर चौलागाई


श्री कृष्ण जन्माष्टमीको अवसरमा वाकुपती नारायणबाट आरती दर्शन गराउन गरिएको आरती दर्शन यात्रामा भक्तपुर नगर परिक्रमा गर्नुहुँदै भक्तजन ।  तस्बिरः विकाश द्वारे


 म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ पाउद्धारको पर्यटकीयस्थल खयरलेकबाट देखिएको अन्नपूर्ण हिमाल । यहाँबाट अन्नपूर्ण हिमाल नजिकबाट अवलोकन गर्न सकिन्छ । तस्बिर : कमल खत्री


बागलुङ नगरपालिका –११, रायडाँडामा रहेको एक्लो बस्ती सिकादीप । सिकादीपमा बसोबास गर्ने विश्वकर्मा समुदाय कालीगढी पेशामा आवद्ध छन् । तस्बिर : रामबहादुर थापा/रासस


बागलुङ नगरपालिका –१०स्थित पर्यटकीय गाउँ भकुण्डेमा रहेको भ्यूटावरबाट सोमबार बिहान देखिएको बागलुङ बजार । तस्बिर : रामबहादुर थापा/रासस


जुम्लाको चन्दननाथ नगरपालिकास्थित देवल खलाचौरमा तिला नदीमाथि निर्माण भएको झोलुङ्गेपुल । पुल निर्माण भएपछि वडा नम्बर ७, ८, ९ र १० का  स्थानीयवासीलाई आवतजावत गर्ने सहज भएको छ  । तस्बिर : विजय रावत/रासस