• ५ साउन २०८१, शनिबार

गुणराजले प्रोफेसनल मुवा थाई खेल्ने

blog

गुणराज रुचाललाई विदाई गरिँदै । तस्बिर : राखेप

काठमाडौं, साउन २४ गते । नेपालका गुणराज रुचालले कम्बोडियामा हुने प्रोफेसनल मुवा थाईमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । अन्तर्राष्ट्रिय मुवा थाई विजेता गुणराज रुचाललाई मंगलबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले विदाई गर्नुभयो ।

रुचालले भाद्र ४ गते कम्बोडियाको नोम पेन्हमा आयोजना हुने प्रोफेसनल फाइटमा कम्बोडियाका खेलाडी थुन ईङ्गलेसँग प्रतिस्पर्धा गर्ने नेपाल मुवा थाई संघका अध्यक्ष गणेश कक्षपतीले जानकारी दिनुभयो ।  

रुचालको प्रशिक्षकमा विजय लामा  रहनु भएको छ । ५७ केजी तौल समूहमा प्रतिस्पर्धा गर्न लाग्नुभएका रुचालले प्रतियोगिता अघि थाइल्याण्डको टप फाईट मुवा थाई जिममा १ हप्ता प्रशिक्षण लिने कार्यक्रम रहेको छ । उहाँ बुधबार थाइल्यान्ड प्रस्थान गर्नुहुनेछ ।