• १३ असोज २०८१, आइतबार

संसदीय समितिमा हेरफेर

blog

फाइल तस्बिर

काठमाडौं, साउन २४ गते । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समितिमा सांसद सदस्यहरुको नाम हेरफेर गरिएको छ ।

प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावली २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिमा सदस्यहरुको नाम हेरफेर गर्नुभएको हो । उक्त प्रस्तावित हेरफेरमा बैठकले सहमति जनाएको थियो ।

हेरफेर गरिएका समितिमा क्रमशः सांसद रामकुमारी झाँक्री अर्थसमिति, कृष्णकुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समिति, विरोध खतिवडा सार्वजनिक लेखा समिति, धनबहादुर बुढा शिक्षा तथा स्वास्थ्य समिति रहनुभएको छ ।