• ५ साउन २०८१, शनिबार

शेर्पा भेला साउन २८ गते

blog

काठमाडौं, साउन २४ गते । लोकतान्त्रिक शेर्पा संघ, नेपालको दोस्रो राष्ट्रिय अधिवेशन साउन २८ गते शनिबार हुने भएको छ । सरकारले अल्पसंख्यकको सूचीमा सुचिकृत गरेको शेर्पाजातिको जनसंख्या कम भएपनि विश्वभर गुणात्मक उपस्थिती रहेको जनाउदै एकताका लागि यो अधिवेशन आयोजना गरिएको आयोजक समितिका संयोजक आङदामी शेर्पाले जानकारी दिनुभयो । 

सुचिकृत ५९ आदिबासी जनजाति मध्ये शेर्पा पनि एक हो । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको विषेश आतिथ्यमा स्मार्ट पार्टी प्यालेस चुच्चेपाटीमा कार्यक्रम हुने आयोजकले जनाएको छ । कार्यक्रममा देशभरबाट शेर्पाहरुको सहभागिता रहने आयोजक समितिले जनाएको छ । कार्यक्रमको उद्घाटन विहान १० वजे हुने जनाएको छ ।