• ५ साउन २०८१, शनिबार

आइतबार ५५३ जनामा कोरोना पुष्टि

blog

काठमाडौं, साउन २२ गते । नेपालमा २४ घण्टामा ५५३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार ७८९ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ५५३ जनामा कोरोना पुष्टि भएको हो ।

दुई हजार ४० जनाको पीसीआर गर्दा ४५१ र एक हजार ७४९ जनाको एन्टिजेन परीक्षण गर्दा १०२ जना सङ्क्रमित भएका हुन् । 

सङ्क्रमितमध्ये सबैभन्दा बढी २६४ जना काठमाडौं उपत्यकामा थपिएका छन् । जसमध्ये काठमाडौंमा १८६,  ललितपुरमा ५४ र भक्तपुरमा २४ जना छन् ।

सोही समयमा ४३३ जना सङ्क्रमणमुक्त भएका छन् छ । पछिल्लाे २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १६ हजार ९६४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६५९ छन् ।