• १२ साउन २०८१, शनिबार

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : अध्यक्ष ओली

blog

फाइल तस्बिर

काठमाडौं, साउन १४ गते। नेकपा (एमाले) अध्यक्ष केपी ओलीले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने बताउनुभएको छ। देशलाई जोगाउन र अगाडि बढाउन एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउने दाबी उहाँको छ। 

राष्ट्रिय युवा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले यस्तो दाबी गर्नुभएको हो। 

ओलीले भन्नुभयो, ‘‘सत्तारुढ दलका नेताले स्वार्थका लागि काम गरेपछि देश बर्बाद हुन्छ। यसबाट देशलाई जोगाउने उपाय भनेको हामीले आगामी निर्वाचनमा बहुमत ल्याएर सरकार बनाउनु नै हो। जसबाट मात्रै देश बन्नसक्छ।’’

ओलीले एमाले सरकारमा नपुगी मुलुक अघि बढन नसक्ने भनाइ पटकपटक दोहोर्‍याउनुभयो। त्यसैगरी उहाँले जथाभावी न्याय निरुपण नगर्न अदालतलाई पनि सचेत गराउनु भएको छ। उहाँले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई सहभागीता गराएको विषय छानबिन गर्न बनेको संसदीय समितिको प्रतिवेदन पार्टीलाई स्वीकार्य नभएकोसमेत प्रष्ट पार्नुभएको छ।