• ११ वैशाख २०८१, मङ्गलबार

बढ्दै कोरोना : आईसीयू र भेन्टिलेटरमा ३४ संक्रमित

blog

फाइल तस्बिर

काठमाडौं, साउन ११ गते। नेपालमा कोरोना सङ्क्रमणदर बढेसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ। 

बुधबार देशभर ५६४ जनामा कोरोना पुष्टि भएसँगै सक्रिय संक्रमितको सङ्ख्या तीन हजार ९२९ पुगेको छ। सक्रिय सङ्क्रमित मध्ये तीन हजार ७९४ जना होम आइसोलेसनमा छन्। त्यसैगरी १३५ जना सङ्क्रमित संस्थागत आइसोलेसनमा उपचाररत छन्। 

संस्थागत आइसोलेसनमा उपचाररत सङ्क्रमित मध्ये ३२ जना आइसीयू र दुई जना भेन्टिलेटरमा छन्। आईसीयू र भेन्टिलेटरमा रहेका मध्ये प्रदेश १ मा छ जना  आईसीयू रहेका छन् भने बागमती प्रदेशमा २५ जना आईसीयू र एक जना भेन्टिलेटरमा छन्। सुदूरपश्चिम प्रदेशमा एक बिरामी भेन्टिलेटरमा उपचार भइराखेको छ। 

दुई सय भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला  मोरङ र ललितपुर हुन्। पाँच सय भन्दा बढी सक्रिय सङ्क्रमित भएको जिल्ल्ला काठमाडौं हो। काठमाडौंमा दुई हजार १५७ जना सक्रिय सङ्क्रमित छन्। नेपालमा पाँच जिल्लामा शून्य सङ्क्रमित छन्। 

कोरोना संक्रमण सुरु भएदेखि अहिलेसम्म आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा नेपालमा ११ लाख २६ हजार ८८४ जनामा कोरोना पुष्टि भइसकेको छ। 

जसमध्ये नौ लाख ६९ हजार चार जना संक्रणमुक्त भएका छन्। नेपालमा संक्रमित निको हुने दर ९८.४ प्रतिशत छ। अहिलेसम्म नेपालमा ११ हजार ९६० जना सङ्क्रमितको मृत्यु भइसकेको छ। मृत्यु हुनेको दर १.२ प्रतिशत हो।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।