• १० वैशाख २०८३, बिहिबार

वडा अध्यक्ष बिष्टको मुत्यु

blog

खप्तड छेडेदह गाउँपालिका ६ का वडा अध्यक्ष मृतक हर्कबहादुर विष्ट । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 
बाजुरा, वैशाख १० गते ।
बाजुराको खप्तड छेडेदह गाउँपालका वडा न –६ का वडा अध्यक्ष हर्कबहादुर विष्टको मुत्यु भएको छ ।
दुइ चार वर्षदेखि ब्रेन क्यान्सरको बिरामले थला परेका विष्टको गत बुधबार राति उहाँको आफ्नै घरमा नाईनामा मृत्यु भएको हो । 

उहाँ २०७९ सालको निर्वाचनमा खप्तड छेडेदह गाउँपालिका वडा नं –६ का वडा अध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित हुनु भएको थियो ।

गाउँ समाजको काममा सधैँ व्यस्त हुने विष्टको झण्डै ४८ वर्षको उम्मेरमा अल्पायुमै मृत्यु भएपछि अहिले उहाँको घरपरिवार सँगै पालिकाबासी समेत स्तब्ध बनेको छ ।

खप्तड छेडेदह गाउँपालिका उपाअध्यक्ष बिसु नाथले, खप्तड छेडेदह गाउँपालिका –६ का वडा अध्यक्ष हर्कबहादुर विष्टको बुधबार राती नौ बजे आफ्नै घर नाईनामा मुत्यु भएको बताउनुभयो ।

उहाँले भन्नभुयो, “उहाँ ब्रेन क्यान्सरको रोगी हुनुहुन्थ्यो । एक दुई वर्ष पहिला उहाँको बीर अस्पतालमा अप्रेसन भएको थियो । अप्रेसनपछि डाक्टरले बढी नबोल्ने आराम गर्ने पटक पटक फलोअप गर्न आउने भन्नुभएको थियो ।”

उहाँको घरको आर्थिक अवस्था कमजोर भएका कारण उहाँको उपचारमा निरन्तरता हुन नसकेपछि गत बुधबार राति मृत्यु भएको उपाअध्यक्ष नाथले बताउनुभयो ।

मृतक अध्यक्षका दुई छोरा दुई छोरी र श्रीमति हुनुहुन्छ । उहाँको मुत्यु भएपछि अहिले उहाँको परिवारमा थप आर्थिक समस्या भएको छ । उहाँको आजै हिन्दु परम्परा अनुसार गाउँ नजिकैको खोलामा दाहासंस्कार गरिने आफन्तले जनाएको छ ।