• २१ चैत २०८२, शनिबार

घर भत्काउने क्रममा लडेर मजदुरको मृत्यु

blog

लीलाराज खड्का 
बिर्तामोड, चैत २१ गते ।
गत भदौमा भएको  जेनजी आन्दोलनका बेला आगजनीबाट क्षतिग्रस्त भएको भद्रपुर नगरपालिकाका उपप्रमुख राधा कार्कीको घर भत्काउने क्रममा घरको छतबाट लडेर एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

शुक्रबार दिउँसो भद्रपुर ६ संगम चोकमा रहेको उपमेयर कार्कीको दुई तले पक्की घर भत्काउने क्रममा घरको बिम लड्दा दुई जना छतबाट लडेर घाइते हुनुभएको थियो । घाइतेमध्ये भद्रपुर –५ राजन चोक बस्ने वर्ष ३४ ओपेन राजवंशीलाई ओमसाईमा अस्पतालमा उपचारको लागि पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । कानुनी प्रकृया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

सोही घटनाका अर्का घाइते भद्रपुर वडा नम्बर ५ पोखरीटोल बस्ने वर्ष ३५ का धर्मेन्द्र यादवको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेकोमा थप उपचारका लागि ओमसाइ पाथिभरा अस्पताल रेफर गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।