• ८ वैशाख २०८१, शनिबार

ठक्करबाट बालिकाको मृत्यु

blog

ध्यान कुलुङ

सङ्खुवासभा, साउन ७ गते । जिल्लाको तुम्लिङटारमा स्कोर्पियोको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बा २० च ९५०२ नम्बरको स्कर्पियोले भोजपुर जिल्ला षडानन्द नगरपालिका ५ की ३ वर्षीया मनीषा विष्टलाई ठक्कर दिएपछि उहाँको मृत्यु भएको हो ।

शनिबार दिउँसो तुम्लिङटार बस स्टेशन नजिकै सडक पार गर्ने क्रममा स्कोर्पियोले बालिकालाई ठक्कर दिएको थियो । घटनापछि गम्भीर घाइते भएकी बालिकाको मनकामना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो ।  

स्कोर्पियो चालक पाँचखपन नगरपालिका १ का गोविन्द श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।