• १४ असार २०८१, शुक्रबार

गायक ज्वाला राईको 'मायाजाल'

blog

काठमाडौं, साउन ६ गते । 'द भ्वाइस अफ नेपाल सिजन-३' को टप चार प्रतिस्पर्धी गायक ज्वाला राईको नयाँ सांगीतिक सौगात 'मायाजाल' सार्वजनिक भएको छ । गायक राईको कन्सेप्ट, सम्पादन र निर्देशनमा तयार भएको भिडियो गायक राईको युट्युब च्यानल 'ज्वाला राई'मार्फत सार्वजनिक गरिएको हो ।  

प्रेमिल शैलीको यस गीतमा मिलन किराँतीको शब्द र बिक्रम राईको सङ्गीत छ । देबेश राईको सङ्गीत संयोजनमा बनेको गीतमा लुटपाटको घटनालाई आधार बनाइएको छ । 

भिडियोमा मानषी तामाङ र गायक राईबीचको प्रेम र रोमान्ससमेत प्रस्तुत गरिएको छ ।  भिडियोमा फराज अर्पणको डिओपी र विशाल थापाको छायाङ्कन छ । 

यसअघि गायक राईको स्वरमा 'शीतल शितल', 'दौरा भन्दा खल्ती लामो', 'तिमी फूल' लगायत म्युजिक भिडियो सार्वजनिक भैसकेका छन् ।