• २६ फागुन २०८२, मङ्गलबार

छतबाट खसेर प्रहरीको मृत्यु

blog

इलाका प्रहरी कार्यालय टीकापुर ।तस्बिरः एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना

टीकापुर, फागुन २६ गते ।इलाका प्रहरी कार्यालय टीकापुरको ब्यारेकको छतबाट खसेर यहाँ कार्यरत प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको छ ।

 सोमबार राति करिब ११ बजेतिर कार्यालयसँगै रहेको व्यारेक भवनको छतबाट खसेर अन्दाजी ३० वर्षीय चदाराको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका सूचना अधिकारी प्रहरी निरीक्षक मुकेश न्यौपानेले जानकारी दिनुभयो ।

 न्यौपानेका अनुसार चदारा बझाङको तलकोट गाउँपालिका–१ का बासिन्दा हुन् ।घटनाको कारण खोज्न अनुसन्धान भैरहेको छ।

मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।