शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सन्तोष सुवेदी
कास्की, फागुन २६ गते । जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले ६ महिनापछि पोखराबाट पक्राउ गरेको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ४ लाचोक घर भएका उनलाई सोमबार दिउँसो नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखरा पृथ्वीचोकमा पक्राउ गरेको हो ।
डाँकाचोरी मुद्दामा कैद सजाय काटिरहेका बेला आन्दोलनको मौका छोपेर भागेका सूर्य बहादुर घर्ती क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
डाँकाचोरी मुद्दामा अदालतले सजाय सुनाएपछि क्षेत्री कास्की कारागारमा कैद भुक्तान गरिरहेका थिए । पक्राउ परेका उनलाई बाँकी कैद सजाय भुक्तानका लागि पुनः कारागार कार्यालय कास्कीमा पठाइएको छ ।