शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
शिवराज ढुङ्गाना
अछाम, फागुन २२ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत अछाम क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी उम्मेदवार भीमबहादुर रावलले सुरुवाती अग्रता लिनुभएको छ ।
प्रारम्भिक मतपरिणाम अनुसार रावलले ३८० मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का दीपक साउदले २१० मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, नेपाली कांग्रेसका भरतकुमार स्वाँरले ४५ मत गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ओमप्रकाश रावलले २९ मत गर्नुभएको छ ।
रामारोशन गाउँपालिका-१, मलातीको मतदान केन्द्रको ६७२ मतगणनाका क्रममा रावलले शुरूवाती अग्रता लिनुभएको हो ।