• २१ फागुन २०८२, बिहिबार

छतबाट खस्दा बालक गम्भीर घाइते

blog

घाइते बालकलाई उद्दार गरेको हेलिकाेप्टर । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, फागुन २१ गते । पश्चिम बागलुङको ढोरपाटन नगरपालिका-१, बुर्तीवाङ बजारको शान्ति टोलमा बस्ने २ वर्षीय हेन्सल पुन छतबाट खसेर गम्भीर घाइते हुनुभएको छ ।

 दिउँसो २ बजे  दुई तले घरको छतमा खेलिरहनुभएको अमृत पुनका छोरा हेन्सल खसेर गम्भीर घाइते भएपछि उपचारका लागि पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको हो । 

ढोरपाटन नगरपालिका-३, पुर्कोट घर भई बुर्तीवाङ बजारमा भाडाको घरमा बस्दै आउनुभएका घाइते हेन्सलको अवस्था गम्भीर देखिएपछि बुर्तिबाङ जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सिम्रिक एयरको हेलिकाेप्टरमार्फत पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तजङ्ग पाण्डेले जानकारी दिनुभयो ।