• २१ फागुन २०८२, बिहिबार

बाजुराका सबै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सुरु

blog

शान्तिपुर्वक मतदान गर्दै मतदाता । तस्बिरः सौजन्य

शेरबहादुर सार्की

बाजुरा , फागुन २१ गते । बाजुराका सबै मतदान केन्द्रमा शान्तिपुर्ण रुपमा मतदान सुरु भएको छ । निर्वाचन आयोगको समय अनुसार बिहान ७ बजे देखि यहाँका ७७ मतदानस्थल ११८ स्थायी र १ अस्थायी गरी ११९ मतदान केन्द्रमा शान्तिपुर्ण मतदान सुरु भएको हो । 

विगतका निर्वाचनमा धादली हुने बाजुरामा यसपटक भने एकदमै शान्तिपुर्णपूर्वक निर्वाचन सुरु भएको हो जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले, “बाजुराका सबै मतदान केन्द्रमा शान्तिपुर्वक मतदान कार्य सुरु भएको बताउनुभयो । 

उहाँले भन्नभुयो, “ बिहान सात बजे देखि यहाँका सबै मतदान केन्द्रमा मतदान कार्य राम्रो सँग सुरु भएको छ । ”

मतदान कार्यलाई स्वच्छ निष्पक्ष भयरहित र शान्तिपुर्णरुपमा सम्पन्न गर्ने गरी हिजो जिल्लाका मतदान केन्द्रमा सुरक्षा व्यवस्था कडा गरेसँगै आज शान्तिपुर्वक रुपमा मतदान कार्य सुरु भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनुभयो ।

बाजुरामा ४५ हजार ४२८ पुरुष, ४२ हजार ४३१ महिला र २ अन्य गरी ८७ हजार ८६१ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।