शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, फागुन २० गते । गायक तथा सङ्गीतकार स्वर्गीय विक्रम राईको पहिलो स्मृति सभा आयोजना गरिएको छ । स्मृति सभामा नेपाली साङ्गीतिक क्षेत्रका दर्जनौँ कलाकारको उपस्थिति रहेको थियो । कपनस्थित उहाँको निवासमा आयोजित स्मृति सभामा गायकगायिकाले स्वर्गीय राईका गीतको प्रस्तुति दिनुभएको थियो ।
सो कार्यक्रममा उहाँको स्वर तथा सङ्गीतमा रहेको गीत ‘कुलुलु बग्ने’ को भिडियो सार्वजनिक गरिएको थियो । ईश्वर चामलिङको शब्द र देबेश राईको एरेन्ज रहेको गीतको भिडियो उहाँको जीवनकथामा तयार पारिएको छ । वेदना राई र सरोज खालिङ राईको अभिनय रहेको भिडियोलाई राजेश पुमाले निर्देशन गर्नुभएको छ । गीतलाई अर्जुना राईले नै निर्माण गर्नुभएको हो ।