• २८ वैशाख २०८१, शुक्रबार

दुई वर्षपछि हट्यो दशगजा क्षेत्रमा रहेको चेकपोष्ट र काँडेतार

blog

जानु पाण्डे

कपिलवस्तु, साउन ३ गते। कपिलवस्तुको कृष्णनगर नगरपालिकाका दशगजा क्षेत्रमा भारतीय पक्षले एकतर्फी रुपमा निर्माण गरेको चेकपोष्ट र काँडेतार हटाएको छ। 

कोभिडको प्रभावको समयमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले एकतर्फी रुपमा कृष्णनगर बढ्नी सीमाक्षेत्रको दशगजा क्षेत्र अतिक्रमण गरेर टिनको छानो लगाएर अस्थायी चेकपोष्ट बनाएको थियो। यसैगरी नाकाको दुई नम्बर यात्रु गेटमा नेपाल भारत आवतजावत नियन्त्रण गर्न ८० मिटर काँडेतारसमेत लगाइएको थियो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ गण मुख्यालय कपिलवस्तुका सशस्त्र प्रहरी उपरीक्षक सूर्यबहादुर सेन ओली र  एसएसबी ५० बी एनई कम्पनी बलरामपुरका कमाण्डेड अशोक विश्वासबीच छलफलपछि दशगजा क्षेत्र खाली गर्ने सहमति भएको हो। 

सहमति अनुसार भारतीय पक्षले दशगजा क्षेत्रमा रहेको चेकपोष्ट आफ्नो भूमिमा स्थानान्तरण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २८ का प्रमुख ओलीले जानकारी दिनुभयो।