कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ को (ख) मा राप्रपाका जानकीप्रसाद यादव आठ हजार ५८२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार रजाउर्रहमान खाँले सात हजार ७९ मत ल्याउनुभएको छ ।
रुपन्देही निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (क) मा राप्रपाका उम्मेदवार आशिषकुमार चौधरी १७ हजार ७९६ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ यादवले १४ हजार ६५९ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नं. ९ को प्रदेश सभा (क) मा राप्रपाका उम्मेदवार नुरज बज्राचार्य चार ६५३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार हरिकृष्ण डंगोलले चार हजार ५५२ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नं. ५ को प्रदेशसभा (क) मा राप्रपाका राजेन्द्र प्रजापति चार हजार ३०४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार भैरव सापकोटाले तीन हजार ८८७ मत ल्याउनुभएको छ ।
झापा निर्वाचन क्षेत्र नं. ४ को प्रदेश सभा (ख) मा राप्रपाका उम्मेदवार भक्तिप्रसाद सिटौलाले १९ हजार ४५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार एकराज उप्रेतीले १५ हजार ७२ मत ल्याउनुभएको छ ।
धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेशसभा (ख) मा राप्रपाका डम्बर तामाङ विजयी हुनुभएको छ । नेकपा एमालेसँग तालमेल गरेर चुनाव लडेका तामाङले नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत बहादुर सिंखडालाई एक सय ३१ मतले पछि पार्दै विजयी हुनुभएको हो ।
क्षेत्र नम्बर ३ क बागमती प्रदेश सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गिरिबहादुर तामाङ निर्वाचित हुनुभएको छ । जनजातिको बाहुल्यता भएको यो क्षेत्रमा तामाङले १७ हजार ८१३ मतका साथ निर्वाचित हुनुभएको हो ।
झापाको क्षेत्र नम्बर १ (ख) प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सबिना बजगाई निर्वाचित हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)बाट उम्मेद्वार बन्नु भएका श्यामवीर लिम्बुलाई एक हजार ३८८ मतान्तरले पराजित गर्दै बजगाई विजयी हुनुभएको हो । बजगाईले १३ हजार ६१२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी लिम्बुले १२ हजार २२४ मत प्राप्त गर्नुभएको छ ।
काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नं. ८ को प्रदेशभास (ख)मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उद्धव थापा तीन हजार ३४९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा (एमाले) का निमाघ्याम्छो तामाङले एक हजार ९१५ मत पाउनुभएको छ ।
काठमाडौं क्षेत्र नं. २ प्रदेश (ख)मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का राजु विष्ट विजयी हुनुभएको छ । विष्टले १२ हजार १६३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत विमला रेग्मीले जानकारी दिनुभयो । उहाँका प्रतिद्वन्दी नेकपा (एमाले)का सुवर्ण श्रेष्ठले नौ हजार ९० मत प्राप्त गर्नुभएको छ ।
काठमाडौं क्षेत्र नं. २ को प्रदेशसभा (क)मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सुनील केसी विजयी हुनुएको छ । केसीले एक हजार ५१९ मत अन्तरले विजयी हुनुभएको हो । राप्रपाका केसीले छ हजार ५९८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत विमला रेग्मीले जानकारी दिनुभयो । साथै उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का सानुकुमार श्रेष्ठले पाँच हजार ७९ मत प्राप्त गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ ।