• ६ फागुन २०८२, बुधबार

नौ प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’

blog

काठमाडौँ, फागुन ६ गते । नइ एकेडेमीले नेपाली भाषा साहित्यको पठनपाठन तथा अनुसन्धानका साथै ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ को उचाइ अभिवृद्धिमा योगदान पु¥याउने भारतका नौ जना प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ । पुरस्कारको राशि जनही ५० हजार रुपियाँ रहेको छ । 

सदस्यसचिव नरेन्द्रराज प्रसाईद्वारा जारी विज्ञप्ति अनुसार भारतीय प्राध्यापकहरू प्राडा कविता लामा, प्राडा कृष्णराज घतानी, डा. टेकबहादुर छेत्री, प्राडा दिवाकर प्रधान, डा. दैवकीदेवी तिम्सिना, प्राडा पुष्प शर्मा, डा. राजकुमार क्षेत्री र प्राडा सञ्जय राई तथा डा. अरुणा राई (संयुक्त) लाई नइ प्रज्ञा पुरस्कार प्रदान गरिने छ । नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको बैठकले उक्त पुरस्कारको निर्णय गरेको हो ।