• ४ फागुन २०८२, सोमबार

अग्निपीडित परिवारलाई राहत वितरण

blog

अग्निपीडित परिवारलाई समाजसेवी इन्जिनियर यादव सहयोग सामग्री हस्तान्तरण गर्दै । तस्बिर : देवराम यादव

देवराम यादव
सप्तरी, फागुन ४ गते ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–३, सखडाकी एक अग्निपीडित परिवारलाई राहत वितरण गरेका छन् । महाशिवरात्रि पर्व तथा सेना दिवसको अवसरमा स्थानीय अग्निपीडित चन्द्रकला देवी चौधरीको परिवारलाई लत्ताकपडा तथा भाँडाकुडासहितको सामग्री धर्मी हल्फा महिला विकास क्लब सप्तरीका अध्यक्ष इन्जिनियर सूर्यनारायण यादवले राहत स्वरूप सहयोग गर्नुभएको हो ।  

आगलागीमा परी बिचल्लीमा परेकी छिन्नमस्ता–३, सखडाकी अग्निपीडित चौधरीलाई सहयोग स्वरूप साड़ी, बल्याङ्केट, भाँडा, बाल्टिन, मगलगायतका सामग्री प्रदान गरेको इन्जिनियर यादवले बताउनुभयो । समाजसेवी इन्जिनियर यादवले पीडित परिवारको घरमै पुगेर उक्त सहयोग वितरण गरेका छन् ।

उक्त अवसरमा स्थानिय सङ्गीता देवी, हरिनारायण यादव, रामकुमार साह लगायतका स्थानीय भद्रभलाद्मीहरूको उपस्थिति थियो । चौधरी घरमा २०८२ माघ २२ गते आगलागी हुँदा अनुमानित ५० हजारभन्दा बढीको क्षति भएको थियो ।