• १६ भदौ २०८१, आइतबार

रोपाइँपछि खेतको मनमोहक दृश्य [फोटोफिचर]

blog

रोपाइँ भएपछि कैलालीको धनगढीमा विभिन्न समयमा देखिएको मनमोहक दृश्य । तस्बिरहरु: अविनाश चौधरी

धनगढी, साउन १ गते । आज साउने सङ्क्रान्ति । साउनलाई हरियाली महिनाको रुपमा पनि लिने गरिन्छ । 

कैलालीमा यसवर्षको रोपाइँ लगभग सम्पन्न भएको छ । खेतमा रोपाइँ भएपछि चारैतिर हरियाली देखिएको छ । हरियालीका कारण खेत आकर्षक र रमणीय भएको छ । वैशाख–जेठमा मरुभूमि जस्तै रहेको खेत असारमा रोपाइँ गरिएपछि हरियाली छाएको हो । यो महिनामा विभिन्न बोटविरुवाको नयाँ पालुवा पलाउने गरेकाले पनि सबैतिर हरियाली छाउने गर्दछ । 


कृषि ज्ञान केन्द्रका अनुसार कैलालीमा ६९ हजार ५०० हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । सिँचाइ सुविधा भएका क्षेत्रमा रोपाइँ सकिएको सो कार्यालयले जनाएको छ । आकाशे पानीका भरमा रोपाइँ गर्ने केही स्थानमामात्रै फाटफुट रोपाइँ बाँकी रहेको छ । 


साउन हरियाली महिनामात्रै नभइ हिन्दू धर्मावलम्बीका लागि पवित्र महिना पनि हो । हिन्दू महिलाले साउनको हरेक सोमबार व्रत बसेर पूर्जाअर्चना गर्ने चलन रहेको छ । धेरै जसो महिलाले कपडा, चुरा पनि हरियो लगाउने गरेको पाइन्छ । साउनको पहिलो दिनलाई यहाँ साउने सङ्क्रान्तिको रुपमा मनाउने गरिन्छ । यो दिन लुतो फाल्ने चलन पनि छ । 





Author

अविनाश चौधरी