• २१ माघ २०८२, बुधबार

उम्मेदवार घरदैलोमा व्यस्त

blog

घरदैलोमा व्यस्त रौतहट–१ का नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार झा । तस्बिर : सञ्जयकुमार मिश्र

गौर समाचारदाता

गौर, माघ २१ गते  । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा रौतहटमा उम्मेदवार मतदाताको घरदैलोमा पुग्न थालेका छन् । 

निर्वाचन परिणामलाई आफ्नो पक्षमा पार्ने दाउमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार कार्यकर्तासहित घरदैलो, कोणसभा तथा कार्यकर्ता भेटघाटमा व्यस्त हुन थालेका छन् । 

रौतहट क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार झाले घरदैलो अभियानलाई तीव्रता दिँदै मतदातासँग प्रत्यक्ष संवादमा जुटेको बताउनुभएको छ ।  झा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने गौर नगरपालिका तथा राजदेवी नगरपालिका तथा दुर्गाभगवती गाउँपालिकाका विभिन्न वडामा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्न व्यस्त रहनुभएको नेपाली कांग्रेस रौतहट क्षेत्र नं. १ का क्षेत्रीय सभापति श्रीराम राय यादवले बताउनुभयो । 

झा जस्तै अन्य दल र स्वतन्त्र उम्मेदवारले पनि घरदैलो, मतदाता भेटघाटलाई तीव्र बनाएका छन् । बनाउँदै चुनाव जितेमा आफूले गर्ने विकासनिर्माणका कामकाजबारे प्रतिबद्धता व्यक्त गर्नमा व्यस्त देखिएका छन् ।