• २० माघ २०८२, मङ्गलबार

नेपाललाई युएईले दियो १४६ रनको लक्ष्य

blog

काठमाडौँ, माघ २० गते । आइसिसी टी–२० विश्वकप क्रिकेटको पहिलो अभ्यास खेलमा जितका लागि यूएईले नेपाललाई एक सय ४६ रनको लक्ष्य दिएको छ । 

भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ४५ रन बनायो । 

युएईका लागि सोएब खानले ३८ रन बनाउनुभयो । यस्तै हर्सिद कौशिकले ३५, आर्सन शर्मा २५, मोहमद जोएब १९ र अलिशान सरफुले १२ रन बनाउनुभयो ।  

बलिङमा नेपालका करण केसी र सन्दीप लामिछानेले दुई दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिनुभयो । नेपालले आफ्नो दोस्रो तथा अन्तिम अभ्यास खेल बिहिबार क्यानाडासँग खेल्नेछ।