जयमान बुढामगर
रुकुमपूर्व, माघ १४ गते । रुकुमपूर्वमा हिमपात भइरहेको छ । आज रातिदेखि भएको हिमपात अहिलेले पनि हिमपात भइरहेको हो । अहिले माथिल्लो उच्च भेगमा हिमपात भइरहेको छ भने तल्लो भेगमा पानी परिराखेको छ । यस वर्षको यो दोस्रो पटकको हिमपात हो ।
तीन गाउँपालिका रहेको तीन वटै गाउँपालिकाका माथिल्लो भेगका सबै क्षेत्रमा हिमपात भइरहेको छ । पानी र हिमपात हुँदा यहाँका किसान भने खुसी भएका छन् । माथिल्लो क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा पानी परिराखेकोले यस वर्ष हिउँदे बाली सप्रिने पुथाउत्तरगङ्गा-१३ का दिपेन्द्र छन्त्यालले बताउनुभयो । आकासे पानीको भरमा खेतीपाती हुँदै आएका यस जिल्लाका किसानका लागि हिउँदे बालीमा सिँचाइ मिलेको छन्त्यालले जानकारी दिनुभयो । हिउँदमा हिउँ र पानी नरहेको वर्ष अनिकाल लाग्ने गरेको उहाँले सुनाउनुभयो । याुे वर्ष भने समयमै हिउँ र पानी परेकोले सुविकाल हुने छन्त्यालको भनाइ रहेको छ ।

रुकुमपूर्व भूमे गाउँपालिका–१ र बाग्लुङ सिमाना यिरनेता (पातिहाल्ने) क्षेत्रमा भारी हिमपात भइरहेकोले मध्यपहाडी लोकमार्गमा सवारीसाधन आउजाउमा ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख एवम् डीएसपी उमाशङ्करप्रसाद यादवले रुकुमपूर्व र बाग्लुङसँगको सिमाना क्षेत्रमा बाक्लो हिमपात भइरहेकोले रुकुमपूर्व हुँदै काठमाडौँ आउजाउ गर्ने विभिन्न जिल्लाबाट आएका सवारी साधन काठमाडाैंबाट आएका पातिहाल्ने उताको भाग र रुकुमपूर्व हुँदै काठमाण्डौँ जाने विभिन्न जिल्लाका सवारीसाधन यताको भाग रुकुमकोट, काँक्री र लुकुममै राखिएको डीएसपी यादवले जानकारी दिनुभयो । हिउँ पन्छाउँनका लागि नेपाल प्रहरी पनि लागि परिराखेको उहाँले बताउनुभयो ।
भूमे गाउँपालिकाको जेसीबी हिउँ पन्छाइ राखेको भूमे गाउँपालिकाका उपाध्यक्ष सविना बुढामगरले बताउनुभयो । २-३ फिटको हिउँ जमेको र भारी हिमपात भइरहेकोले हिउँ पन्छाउँन सकस भइरहेको उपाध्यक्ष बुढामगरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले भारी हिमपात भइरहेको छ ।
जेसीबीले हिउँ पन्छाए पनि एकैछिनमा हिउँ जमिराखेको छ । यो अवस्थामा नै हिउँ परिराख्यो भने जेसीबीले हिउँ पन्छाउन नसकिने उहाँको भनाइ छ ।