• १४ माघ २०८२, बुधबार

कुष्ठरोगबारे सचेतना अभियान सञ्चालन

blog

पोखरामा आयोजित कुष्ठरोगबारे सचेतना कार्यक्रममा सहभागी गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, माघ १४ गते । कुष्ठरोगबारे आम जनमानसमा सचेतना जगाउन अभियान सञ्चालन गरिएको छ । बागलुङस्थित नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन र फेयरमेड फाउन्डेसनको साझेदारीमा सञ्चालित सम्बोधन परियोजनाले कुष्ठरोगबारे सचेतना अभियानलाई व्यापक बनाएको छ ।

बागलुङ लक्षित कार्यक्रम भए पनि अभियान अन्तर्गत पोखरामा समेत सचेतना अभियान र अन्तर्क्रिया गरिएको हो । सहरी क्षेत्रमा बढी सचेतना आवश्यक भएपछि परियोजनामार्फत पोखरा–१५ मा रहेका टोल विकास संस्थाका प्रतिनिधिसँग अन्तर्क्रिया गरिएको हो । 

सचेतना अभियानमा स्थानीय आमा समूह, युवा, बाल क्लब, शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका र जनप्रतिनिधिसहित स्वास्थ्यकर्मी समेत सहभागि भएका छन् । उनीहरूलाई कुष्ठरोगबारे जनचेतना जगाउने र आवस्यक सुझाव लिने काम सम्पन्न भएको हो । 

पृथ्वी चोकमा आयोजिक कार्यक्रममा कुष्ठरोगबारे डिजिटल बोर्ड समेत राखेर सूचना प्रशारण गरिएको छ । कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले कुष्ठरोग लुकाएर राख्ने नभई समयमा उपचारको दायरामा ल्याउनुपर्ने बताउनुभयो । उहाँले हरेक रोगीले समाजमा मिलेर बस्ने वातावरण बनाउने, समयमा उपचार सेवा पाउने व्यवस्थापनका लागि सरोकारवालाको भूमिका महत्त्वपूर्ण हुने समेत बताउनुभयो ।

गण्डकी प्रादेशिक जनस्वास्थ्य केन्द्र, पोखरा महानगरपालिका, आइएनएप हरियोखर्क अस्पताल, नेपाल कुष्ठरोग निवारण संस्था, फेयरमेड फाउन्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनले यो अभियानमा साझा अभियान चलाउने भएका छन् । यो अभियानमार्फत बिरामीलाई पहिचान गरेर उपचारको दायरामा ल्याउने लक्ष्य राखिएको छ । 

पछिल्लो समय उष्णप्रदेशिय रोगहरू समाजमा बढ्दैछन् । ती रोगलाई पहिचान गर्ने, समाजमा भेदभावको भावना हटाउने र समयमा उपचार गरी निको पार्ने चुनौती समेत बढेको छ । यो चुनौती पुरा गर्ने अभियानमा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनले सञ्चालन गरेको सम्बोधन परियोजनाले लक्षित कार्यक्रम बनाएर अगाडि बढेको कार्यक्रम व्यवस्थापक ममिता पुनले जानकारी दिनुभयो