• १४ माघ २०८२, बुधबार

जुम्लामा फेरि हिमपात

blog

जुम्लामा परिरहेको हिँउ । तस्बिर : नेत्र शाही

नेत्र शाही
जुम्ला, माघ १४ गते ।
जुम्लामा फेरि हिमपात भएको छ । बुधबार बिहान वर्षासँगै हिउँ परिरहेको छ । । उच्च हिमाली क्षेत्रमा बिहानै आधाफिट हिउँ परिसकेको छ भने जुम्ला सदरमुकाममा हिउँ पर्न थालेको छ ।

यही माघ ९ गते जुम्लामा यस वर्षको पहिलो पटक हिउँ परेको थियो । करिब एक फिट जति परेको हिउँ नबिलाउदै बुधबार फरि हिउँ परेको हो । दोस्रो पटक हिउँ परेपछि हिउँलेवालीका लागि राम्रो हुने स्थानीयले बताएका छन् ।

हिमपातले जनजीवन प्रभावित भएको छ हिमपातसँग लगातार चिसो समेत बढेको छ । हिमपातपछि वृद्धवृद्धा, बालबालिकाहरु बाहिर निस्किएका छैनन ।