• १० मंसिर २०८१, सोमबार

खेलाडी बिदेसिने क्रम रोक्न जोड

blog

काठमाडौँ, असार ३१ गते । अखिल नेपाल फुटबल खेलाडी सङ्घले बिहीबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई पछिल्लो समय अवसरका खोजीमा खेलाडी बिदेसिने क्रम बढेकाले त्यस विषयमा गम्भीर हुन अनुरोध गरेको छ । खेलाडी सङ्घले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै घरेलु प्रतियोगिता नहुँदा खेलाडीहरू विदेश जाने क्रम बढेको र यसलाई रोक्न यथाशीघ्र क्लब फुटबलको कार्यक्रमलाई सार्वजनिक गर्न ध्यानाकर्षण गराएको छ । खेलाडी सङ्घले एन्फासँग फुटबलको विकासमा हातेमाले गरेर सहकार्य गर्ने इच्छा जाहेर गरेको छ ।

सो अवसरमा खेलाडी सङ्घले पछिल्ला समय खेलाडीको राष्ट्रिय योगदानका अवमूल्यन भइरहेको र गतिविधि र कार्य सन्तोषजनक नभएको भन्दै एन्फालाई ध्यानाकर्षण पत्र पनि बुझायो । सो पत्रमा फुटबल खेलाडीलाई वर्षभरि व्यस्त राख्ने गरी एन्फाको वार्षिक क्यालेन्डर व्यवस्थित समयतालिकाअनुसार सार्वजनिक गर्नुपर्ने फुटबलको संरचनालाई पुनर्निर्माण गर्दे नयाँ खाका तयार गर्नुपर्ने उल्लेख छ । यसैगरी खेलाडीको स्वास्थ्य बीमा र स्वास्थ्य उपचारका लाग उचित प्रबन्ध गर्न खलाडी प्रशिक्षक विवादको सन्दर्भमा एन्फाबाट गठिन छानबिन समितिले दिएको सुझावका आधारमा कार्य अघि बढाउन पनि अनुरोध गरिएको छ ।