सिड्नी, माघ ८ गते । अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) सिड्नीको पश्चिममा बिहीबार गोली चल्दा तीन जनाको मृत्यु भएको जनाइएको छ । एनएसडब्ल्यू प्रहरीले विज्ञप्ति जारी गर्दै आपतकालीन सेवाको सहयोगमा सिडनीको ४५० किलोमिटर पश्चिमको सानो सहर कार्गेलिगो तालमा गोली हानाहान भएकोे घटना स्थलमा सुरक्षा तैनाथ गरिएको जनाएको छ ।
गोली हानाहानमा दुई महिला र एक पुरुष गरी तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । एक जना व्यक्तीलाई गम्भिर अवस्थामा अस्पताल लगिएको समेत प्रहरीले जनाएको छ । प्रहरीले सर्वसाधारणलाई यस क्षेत्रबाट टाढा रहन र स्थानीय बासिन्दालाई घरभित्रै बस्न आग्रह गरेको छ ।
बन्दुकधारी “संदिग्ध घरेलु हिंसा आक्रमण”पछि हतियार लिएर सहरमा छिरेको विश्वास गरिएको सिड्नी मर्निङ हेराल्ड अखबारले जनाएको छ । प्रहरीले बन्दुकधारीलाई पत्ता लगाउन खोजी गरिरहेको अखबारले जनाएको छ । रासस/सिन्ह्वा