भवानीदत्त भट्ट
कञ्चनपुर, माघ ८ गते । कञ्चनपुरको बेदकोट नगरपालिकाले आयोजना गरेको निःशुल्क आँखा परीक्षण शिविरबाट तीन हजार ४७ जनाले लाभ लिनुभएको छ । बेदकोट नगरपालिकाका १० वटै वडामा आयोजना गरिएको निशुल्क आँखा परिक्षण शिविरमा तीन हजार ४७ जनाको निःशुल्क आँखा परीक्षण गरिएकोमा ४०६ जनामा मोतीविन्दु रोग पत्ता लागेको नगरपालिकाका सूचना अधिकारी केशवदत्त भट्टले बताउनुभयो ।
मोतीविन्दु रोग देखिएका बिरामीहरूको च्यारेटी फाउडेन्सनको आर्थिक सहयोगमा धनगढी नेत्रालयमा मोतीविन्दुको निःशुक्ल उपचारको व्यवस्था मिलाइएको बेदकोट नगरापालिकाका नगर प्रमुख भोजराज बोहराले बताउनुभयो । नगरप्रमुख बोहराले पालिकाबासीको स्वास्थ्य संवेदनशीलतालाई मध्यनगर गर्दे निःशुल्क आँखा परिक्षण सिविर सञ्चालन गरिएको बताउनुभयो । स्वास्थ्य शिविरबाट स्थानीयसहित जनप्रतिनिधिहरूले लाभ लिनुभएको छ ।
वडा १ मा २९८ जनाको आँखा परीक्षण गरिएकोमा ७७ जनालाई चस्मा वितरण गरिएको छ भने २५ जनामा मोतीविन्दु रोग पत्ता लागेको स्वास्थ्य शाखा संयोजक हरिसा पालले बताउनुभयो । यसैगरी, वडा २ स्थित जडेपानी स्वास्थ्य केन्द्रमा ३८१ जनाको परीक्षण गरिएकोमा ८८ जनालाई चस्मा वितरण गरिएको छ, भने ५५ जनामा मोतीविन्दु देखिएको छ ।
वडा ३ को दैजी स्वास्थ्य चौकीमा आयोजित आँखा शिविरबाट ३३६ जनाले लाभ लिनुभएको थियो । जसमध्ये ८३ जनालाई चस्मा वितरण गरिएको छ भने, ६५ जनामा मोतीविन्दु देखिएपछि धनगढी रेफर गरिएको छ । वडा ४ का २८१ जनाको आँखा परीक्षण गरिएकोमा ८६ जनालाई चस्मा वितरण गरिएको छ भने २५ जनामा मोतीविन्दु देखिएको स्वास्थ्य शाखा प्रमुख पालले बताउनुभयो । यसैगरी, वडा ५ मा २६१ जनाको आँखा परीक्षण गरिएको थियो । उक्त वडामा ६९ जनालाई चस्मा वितरण गरिएको छ भने ४२ जनामा मोती मोतीविन्दु रोग पत्ता लागेको छ ।
वडा ६ का २४३ जनाको आँखा परीक्षण गरिएकोमा ३१ मोतीविन्दु रोग पत्ता लागेपछि निःशुल्क शल्यक्रियाका लागि धनगढी रेफर गरिएको छ भने १०२ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ । वडा ६ स्थित घोर्सुवा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क आँखा परीक्षण गरिएको स्वास्थ्य शाखाका सहायक संयोजक सिद्दराज भट्टले बताउनुभयो ।
वडा ७ मा ३२६ जनाको आँखा परीक्षण गरिएकोमा ८१ जनालाई चस्मा वितरण गरिएको छ भने ३३ जनामा मोतीविन्दु रोग पत्ता लागेको उहाँले बताउनुभयो । वडा ८ का २४९ जनाको आँखा परीक्षण गरिएकोमा ३३ जनामा मोतीविन्दु रोग पत्ता लागेको छ भने ८८ जनालाई निःशुल्क चस्मा वितरण स्वास्थ्य शाखाका सहायक संयोजक भट्टले बताउनुभयो ।
यसैगरी, वडा ९ का ३०५ जनाले आँखा शिविरबाट लाभ लिनुभएको छ । जहाँ ८९ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो भने, ४१ जनामा मोतीविन्दु रोग पत्ता लागेपछि शल्यक्रियाका लागि धनगढी रेफर गरिएको छ । वडा १० मा ३७६ जना सेवाग्राहीले लाभ लिनुभएको छ । उक्त वडाका ५९ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो भने ५६ जनामा मोतीविन्दु रोग पत्ता लागेको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्य शिविरबाट १० वटै वडाका ८२२ जनालाई निःशुल्क चस्मा वितरण गरिएको जनाइएको छ ।
बेदेकोट नगरपालिकाको आयोजना तथा धनगढी नेत्रालय अस्पताल कैलालीको प्राविधिक सहयोगमा पुस २५ गतेदेखि माघ ७ गते सम्म निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो ।