• ८ माघ २०८२, बिहिबार

च्याम्पियन्स लिग : बायर्न म्युनिक र लिभरपुल विजयी

blog

गोल गरेपछि लिभरपुलका खेलाडी ।

काठमाडौँ, माघ ८ गते । बायर्न म्युनिक र लिभरपुलले युरोपियन च्याम्पियन्स लिगमा जित निकालेका छन् ।

बुधबार राति भएको खेलमा बायर्नले युनियन सेन्ट गिलोसमाथि २–० गोलको जित निकाल्दै अन्तिम १६ मा स्थान बनाएको छ । बायर्न म्युनिकको जितमा दुवै गोल ह्यारी केनले गर्नुभयो ।

जितसँगै १८ अङ्क बनाएको बायर्न म्युनिक दोस्रो स्थानमा उक्लिएको छ । यस्तै अर्को खेलमा लिभरपुलले मार्सेलीलाई ३–० गोलले हरायो । लिभरपुलको जितमा डोमिनिक सबोसलाई र कोडी गाक्पोले गोल गर्नुभयो ।

लिभरपुलले अर्को गोल विपक्षीबाट आत्मघाती उपहार पायो । यस जितसँगै १५ अङ्क बनाएको लिभरपुल चौथो स्थानमा छ । शीर्षस्थानमा रहेको आर्सनललको २१ अङ्क छ । 

बुधबार राति नै भएको अन्य खेलमा चेल्सीले पाफोसलाई १–०, न्युकासल युनाइटेडले पिएसभी आयनहोभनलाई ३–०, बार्सिलोनाले स्लाभिया प्रागलाई ४–२, युभेन्ट्सले बेनफिकालाई २–०, एथलेटिको बिलबाओले एटलान्टालाई ३–२ र कोराबागले फ्र्यान्कफर्टलाई ३–२ गोलले पराजित गरेको छ । गालाटासारे र एट्लेटिको म्याड्रिडले १–१ गोलको बराबरी खेले । एजेन्सी