• ७ माघ २०८२, बुधबार

फर्मासिस्टको लाइसेन्स परीक्षा माघ १० गते

blog

 काठमाडौँ, माघ ७ गते । नेपाल फार्मेसी परिषद्को ३० औँ नाम दर्ता (लाइसेन्स)परीक्षा माघ १० गते हुने भएको छ। 

परिषद्कोले सूचना जारी गरी ब्यालचर इन फार्मेसी (फर्मासिस्ट)को ३० औँ लाइसेन्स परीक्षा माघ १० गते नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा हुने जनाएको हो। 

परिषद्का रजिस्ट्रार सन्जिवकुमार पाण्डेका अनुसार परीक्षा बिहान ११ देखि दिउँसो साढे १ बजेसम्म हुने छ। प्रवेश पत्र परिषद्को वेबसाइटबाट माघ ८ गते दिउँसो १ बजेसम्म प्रिन्ट गर्न सकिने सूचनामा उल्लेख छ।

परिषद्लाई आवश्यक लागेको खण्डमा परीक्षार्थीको अन्तरवार्ता समेत दिन सक्ने सूचनामा उल्लेख छ ।