शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, माघ ७ गते । रियल म्याड्रिडले युरोपियन च्याम्पियन्स लिगमा मोनाकोमाथि सानदार जित निकालेको छ ।
मङ्गलबार राति भएको खेलमा रियलले मोनाकोलाई ६–१ गोलले हरायो । रियलको जितमा केलियन एमबाप्पेले दुई तथा भिनिसियस जुनियर, फ्रान्को मास्तान्तुओनो र जुड बेलिङ्घमले एक एक गोल गर्नुभयो ।
रियलले अर्को गोल आत्मघाती उपहार पाएको थियो । यस्तै मोनाकोका लागि जोर्डन तेजेले सान्त्वना गोल फर्काउनुभयो । जितसँगै रियल तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।
यस्तै अर्को खेलमा आर्सनलले इन्टर मिलानलाई ३–१ र टोट्टनहामले बोरुसिया डर्टमन्डलाई २–० गोलले हराएको छ । अन्य खेलमा बोडो–ग्लिम्टले म्यानचेस्टर सिटीलाई ३–१ र स्पोर्टिङ लिस्वनले पेरिस सेन्ट जर्मेन ( पिएसजी ) लाई २–१ गोलले पराजित गरेको छ । एजेन्सी