• ३० पुस २०८२, बुधबार

त्रिवि फेरि आन्दोलनको मारमा्

blog

काठमाडौँ, पुस ३० गते । केही समय मत्थर बनेको त्रिभुवन विश्वविद्यालय फेरि विद्यार्थी आन्दोलनको मारमा परेको छ । ताला नलगाउन विगतमा सर्वोच्च अदालतले दिएको आदेशको उल्लङ्घन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अखिल क्रान्तिकारीले विश्वविद्यालयका उपकुलपति प्राडा दीपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदार रिजालको कार्यकक्षमा ताला लगाएको छ ।

विश्वविद्यालयमा पुस १९ गतेदेखि लगाएको तालाका कारण शैक्षिक, प्रशासनिक तथा आर्थिक गतिविधि प्रभावित भएको छ । तालाका कारण कार्यकक्षमा छिर्न नपाएपछि पदाधिकारीहरू विश्वविद्यालय अन्तर्गतकै अन्य निकायका कार्यालयमा बसेर सामान्य दैनिक प्रशासनिक काम चलाइरहनुभएको छ । यसअघि क्रान्तिकारीले गत जेठ १४ गते तीन वटै पदाधिकारीको कार्यकक्षमा ताला लगाएको थियो । यसविरुद्ध मुद्दा परेपछि सर्वोच्च अदालतले असार १८ गते ताला खोल्न आदेश दिएको थियो । सोही आदेशका आधारमा ताला खुलेको थियो । 

अहिले फेरि पुरानै समूहले सोही माग तेस्र्याएर ताला लगाएका कारण कार्यकक्षमा पस्न नपाएपछि विश्वविद्यालयका पदाधिकारीहरूले अति महìवपूर्ण काम विश्वविद्यालय अन्तर्गतकै अन्य कार्यालयमा बसेर सल्ट्याउने गर्नुभएको छ । तालाबन्दी भए पनि विश्वविद्यालयका दैनिक प्रशासनिक काम नरोकिएको तर विश्वविद्यालय जस्तो प्राज्ञिक संस्थामा पटक पटक तालाबन्दी हुँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा नराम्रो सन्देश गएको उपकुलपति प्राडा दीपक अर्यालले बताउनुभयो । 

व्रmान्तिकारीले त्रिवि अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गतको विभागमा रूपान्तरण गरिएको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, शान्ति, द्वन्द्व र विकास विभाग, लैङ्गिक अध्ययन विभाग र सामाजिक कार्य विभागले विद्यार्थीबाट लिइरहेको शुल्क घटाउने विषयलाई क्रान्तिकारीले प्रमुख मुद्दा बनाएको छ । 

यसअघि पनि माग राखेर ताला लगाइएको थियो । त्रिविले यी विषयलाई यसअघि कार्यव्रmमका रूपमा सञ्चालन गरेको थियो । त्यति बेला विद्यार्थीबाट लिइने शुल्कबाट नै प्रशासनिक, शैक्षिक तथा आर्थिक व्यवस्थापन भइरहेको थियो; जसका कारण अन्य विभागको तुलनामा यी कार्यक्रममा पढ्ने विद्यार्थीको शुल्क केही धेरै थियो तर नियमित खर्च आफैँले बेहोर्ने गरी त्रिविले यी कार्यक्रमलाई विभागमा रूपान्तरण गरे पनि शुल्क भने पहिले झैँ उठाएपछि क्रान्तिकारीले असन्तुष्टि जनाएको हो ।

त्रिविले भने आर्थिक विषयसँग जोडिएको र दीर्घकालीन असर पर्ने भएको हुनाले यस विषयमा अध्ययन गरेर मात्रै निर्णय गर्नुपर्ने बताएको छ । पहिलो निजी कार्यव्रmमका रूपमा सञ्चालन भएको र हाल विभागमा गाभिएका स्नातकोत्तर तहमा यी कार्यक्रम अध्ययन गर्दा पहिलो सेमेस्टरमा ७२ हजार र अन्य सेमेस्टरमा ३६ हजार रुपियाँको दरले शुल्क तिर्नु पर्छ तर यीबाहेक अन्य विभागको शुल्क भने करिब आधा कम रहेका छन् । 

व्रmान्तिकारीले भने यी विभागले हाल उठाउँदै आएको शुल्कबाट घटाएर एक लाख दस हजारमा पढाउने गरी विगतमा सहमति भएको दाबी गरेको छ । क्रान्तिकारी त्रिवि जिल्ला समितिका अध्यक्ष दिनेश ऐरले विगतमा शुल्क घटाउने विषयमा भइसकेको सहमति कार्यान्वयन नगरिएकाले ताला लगाउनु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “सहमति भइसकेको विषय कार्यान्वयनमा नल्याउँदा विद्यार्थीको भविष्यमाथि नै खेलबाड गर्ने काम भएको छ । ताला लगाउनु हाम्रो रहर होइन ।” विश्वविद्यालयका उपकुलपति अर्यालले भने क्रान्तिकारीसँग सहमतिका लागि सामान्य छलफल भएको तर निष्कर्षमा पुग्न नसकिएको बताउनुभयो । 

अखिल क्रान्तिकारीले ताला लगाएपछि विश्वविद्यालय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का सचिव हिक्मत बुढासहित १५ जनाले यसअघि नै ताला खोल्न अनुरोध गरिसकेका छन् । 

ज्ञान उत्पादन र विद्यार्थीको भविष्य निर्माण हुने जस्तो संवेदनशील संस्थामा तालाबन्दी गरी सम्पूर्ण शैक्षिक तथा प्रशासनिक गतिविधि ठप्प पारेर कुनै पनि समस्याको दिगो र समाधानमुखी निकास सम्भव नहुने उहाँहरूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा जनाइएको थियो । सुचारु गराउने उद्देश्यले तालाबन्दी खोल्ने कार्यमा हामी स्वयम्ले सहजीकरण गर्ने बेहोरा सम्बन्धित सबै पक्षलाई जानकारी गराउँदछौँ,” विज्ञप्तिमा भनिएको छ ।

Author
सूर्यप्रसाद पाण्डे

उहाँ शिक्षा र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।