• ८ जेठ २०८१, मङ्गलबार

प्युठान र रोल्पाका उत्कृष्ट विद्यालय र शिक्षकलाई सम्मान

blog

सम्मानपछि शिक्षा क्षेत्रमा क्रियाशिल रोल्पा तथा प्युठान जिल्लाका उत्कृष्ट सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीहरु । तस्बिर : गोरखापत्र

सलिम मिया

बिजुवार, असार २९ गते । सामाजिक विकास डिभिजन कार्यालय प्युठानले शिक्षा क्षेत्रमा क्रियाशिल रोल्पा तथा प्युठान जिल्लाका उत्कृष्ट सामुदायिक विद्यालयसहित र तीन दर्जन बढीलाई सम्मान गरेको छ । 

कार्यालयले जिल्लाको शैक्षिक गुणस्तर सुधारमा उल्लेखनीय योगदान पुर्याउने उत्कृष्ट शिक्षक तथा कर्मचारी लगायत ४२ जनालाई नगद सहित सम्मान गरेको हो । हरेक बर्ष सरकारले प्रदान गर्ने उत्कृष्ट विद्यालय पुरस्कारमध्ये यस बर्ष प्युठानको सरुमारानी गाउँपालिका १ स्थित सरस्वती माबि बाङ्गेसाल र रोल्पाको सुनिलस्मृती गाउंपालिकामा रहेको रामेश्वरी माबि  घोडागाउंलाई जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा दुई लाख रुपियाँ पुरुस्कारसहित सम्मान गरिएको हो । 

यसैगरी शिक्षक, कर्मचारी तथा शैक्षिक संस्था प्रोत्साहन कार्यक्रम अन्तर्गत प्युठानका २४ र रोल्पाका १८ जना उत्कृष्ट शिक्षक, कर्मचारी र बालविकास केन्द्रका उत्कृष्ट सहजकर्तालाई जनही १५ हजार रुपियाँ  सहित सम्मान गरिएको सामाजिक बिकास डिभिजन कार्यालय प्युठानका प्रमुख बिष्णुप्रसाद भुसालले जानकारी दिनुभयो ।