• २७ पुस २०८१, शनिबार

भानुभक्त भाषिक एकीकरणका नायक

blog

काठमाडौँ, असार २९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य भाषिक एकीकरणका नायक भएको बताउनुभएको छ । आदिकवि आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा शुभकामना दिनुहुँदै उहाँले भानुभक्तद्वारा सिर्जित साहित्यिक रचनाले सम्पूर्ण नेपालीलाई एउटै भाषिक सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई बलियो बनाउने काम गरेको उल्लेख गर्नुभएको छ । 

आदिकवि भानुभक्त आचार्यले रसिला साहित्यिक रचनाका माध्यमबाट नेपाली समाजमा आध्यात्मिक चेतना र जागरण फैलाउने काममा महìवपूर्ण योगदान पु-याएको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ । आदिकवि आचार्यका रामायणजस्ता कालजयी कृति अहिलेसम्म पनि नेपाली समाजमा उत्तिकै लोकप्रिय रहेको बताउनुहुँदै प्रधानमन्त्री देउवाले आचार्यका रचना र कृतिले तत्कालीन नेपाली समाजको यथार्थतालाई सरल तरिकाले चित्रण गर्न सफल भएको सन्देशमा उल्लेख गर्नुभएको छ । 

नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न र आदर्श चरित्र अवलम्बन गर्न प्रेरित गर्ने प्रेरणाको स्रोत व्यक्ति आदिकवि आचार्य भएको उहाँले उल्लेख गर्नुभएको छ ।