• ११ जेठ २०८१, शुक्रबार

रोयल्टी नबुझाउने क्यासिनो कम्पनीको इजाजत बन्द गर्ने चेतावनी

blog

काठमाडौं, असार २८ गते । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नवीकरण नगरी सञ्चालनमा रहेका क्यासिनो कम्पनीको इजाजत बन्द गर्ने चेतावनी दिएको छ । ताकेता गर्दा समेत इजाजत नवीकरण नगरेको भन्दै १४ वटा संस्थाको नामसहितको सूचना जारी गर्दै यस्तो चेतावनी दिएको छ । 

क्यासिनो सञ्चालनका लागि इजाजतपत्र नवीकरण र नियमानुसारको रोयल्टी रकम तत्काल दाखिला गर्न वा रोयल्टी रकम बराबरको बैङ्क जमानत पेश गर्ने मन्त्रालयले ताकेता गरेको छ । मन्त्रालयले प्राइस इन्टरटेनमेन्ट प्रालि तारागाउँ रिजेन्सी होटल, एटलान्टिक रिक्रियसन प्रालि होटल अन्नपूर्ण, बरियाज नेपाल प्रालि मल्ला होटल, ज्याकपट गेमिङ सेन्टर प्रालि भ्यु होटल बाँके, स्माइन कोक्सन प्रालि इच्छा होटल सिमरा बारा, भेगस रिक्रियसन नेपाल प्रालि होटल मेची क्राउन झापा, बाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालि होटल अलफ्ट ठमेल, निर्भाना लम्जरी इन्टरटेनमेन्ट प्रालि होटल निर्वाण रूपन्देही  छन् । 

त्यसै गरी भेन्यू रिक्रियसन प्रालि होटप स्टारवाईट बाँके, सिद्धार्थ गेमिङ जोन प्रालि होटल नान्स रूपन्देही, ओम त्रयम्बकम् इन्टरटेनमेन्ट प्रालि कल्पतरू होटल बाँके, सेपियर इन्टरटेनमेन्ट टेक्नोलोजी प्रालि होटल सिटी प्यालेस नेपालगन्ज, गोल्डेन फिङ्गर गेमिङ जोन प्रालि हिमाल बाटर पार्क एण्ड भिलेन होटल पर्सा र देविज इन्टरटेनमेन्ट प्रालि नेह होटल परिसर, नेपालगन्जलाई तत्काल इजाजत नवीकरण गरी रोयल्टी बुझाउन ताकेता गरेको छ । 

मन्त्रालयले जारी गरेको सूचनामा क्यासिनो आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाउने कम्पनीले आर्थिक ऐन, २००९ को दफा १६(१) बमोजिम रोयल्टी रकम बराबरको बैंक जमानत वा रोयल्टी रकम बैंक दाखिला नगरेको जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ सम्म नियमित रूपमा रोयल्टी रकम दाखिला गरी नवीकरण भएका र आर्थिक वर्ष २०७९/०८० को लागि क्यासिनो सञ्चालन इजाजत पत्र नवीकरण प्रयोजनार्थ क्यासिनो नियमावली, २०७० को नियम १३ बमोजिम कागजात पेश गर्न मन्त्रालयले जनाएको छ । 

तत्काल नियम पुरा नगरेमा क्यासिनो सञ्चालन इजाजत पत्र नवीकरण नहुने र क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम इजाजतपत्र रद्द हुने जनाएको छ ।

रोयल्टी नबुझाउने क्यासिनो सञ्चालन गर्ने कम्पनीहरुः 

१. प्राइस इन्टरटेनमेन्ट प्रालि, तारागाउँ रिजेन्सी होटल

२.एटलान्टिक रिक्रियसन प्रालि, होटल अन्नपूर्ण

३. बरियाज नेपाल प्रालि, मल्ला होटल

४. ज्याकपट गेमिङ सेन्टर प्रालि, भ्यु होटल बाँके

५. स्माइन कोक्सन प्रालि, इच्छा होटल सिमरा बारा

६. भेगस रिक्रियसन नेपाल प्रालि, होटल मेची क्राउन झापा

७. बाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालि, होटल अलफ्ट ठमेल

८. निर्भाना लम्जरी इन्टरटेनमेन्ट प्रालि, होटल निर्वाण रूपन्देही

९. भेन्यू रिक्रियसन प्रालि, होटल स्टारवाईट बाँके

१०. सिद्धार्थ गेमिङ जोन प्रालि, होटल नान्स रूपन्देही

११. ओम त्रयम्बकम् इन्टरटेनमेन्ट प्रालि, कल्पतरू होटल बाँके

१२. सेपियर इन्टरटेनमेन्ट टेक्नोलोजी प्रालि, होटल सिटी प्यालेस नेपालगन्ज

१३. गोल्डेन फिङ्गर गेमिङ जोन प्रालि, हिमाल बाटर पार्क एण्ड भिलेन होटल पर्सा

१४.  देविज इन्टरटेनमेन्ट प्रालि, नेह होटल परिसर, नेपालगन्ज

Author
छेटु शेर्पा

शेर्पा, पर्यटन र समसामयिक विषयमा रिर्पोटिङ गर्नुहुन्छ।