• ७ वैशाख २०८१, शुक्रबार

सिनेमाघरमा चलचित्र ‘दोख’, ‘थोर’ र ‘खुदा हाफिज चैप्टर २’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २४ गते । सिनेमाघरमा आजबाट नेपाली चलचित्र ‘दोख’, हलिउड चलचित्र थोर : ‘लभ एन्ड थन्डर’ र बलिउड चलचित्र ‘खुदा हाफिज चैप्टर २’ प्रदर्शनमा आएका छन् । सल्ले गाउँका केही नराम्रा मानिसले छिमेकी गाउँका एक केटालाई कुटपिट गरेपछि विवादित जङ्गलमा लामो समयदेखि चलिरहेको झगडा झन् धेरै चर्किन्छ  विद्रोह चरम सीमामा पुगेपछि विद्रोही कमान्डरले  विवाद फुटबलको खेलबाट समाधान गर्न सुझाव दिन्छन् । 

यो सबै तनावको बीचमा गाउँको विद्यालयमा नयाँ शिक्षक नियुक्त भएको छ । के यो बहुमुखी अपरिचित व्यक्तिले समाधान प्रदान गर्नेछ वा अझ समस्या निम्त्याउनेछ ? यही कथा वरपर घुमेको छ चलचित्र ‘दोख’ । अनुप बराल निर्देशित चलचित्रमा माओत्से गुरुङ, दिया मास्के र मनीष निरौला प्रमुख भूमिकामा देखिएका छन् । ‘दोख’लाई १६ वर्षभन्दा मुनिका दर्शकले हेर्न पाउने छैनन् ।

यस्तै हलिउड चलचित्र थोर : ‘लभ एन्ड थन्डर’ले गोर द गड बुचरसँग लड्न वाल्किरी, कोर्ग र भूतपूर्व प्रेमिका जेन फोस्टरको मद्दतलाई सूचीबद्ध गर्दछ, जसले देवताहरूलाई लोप गराउन चाहन्छ । टाइका वाईटीटीको निर्देशन रहेको चलचित्रमा क्रिस हेम्सवर्थ, नतैली पोर्टम्यान, क्रिस्टियन बाले, तेसा थोमसोन र जाइमाई एलेक्जेन्डरको अभिनय रहेको छ ।

यसैगरी बलिउड चलचित्र ‘खुदा हाफिज चैप्टर २’ पनि प्रदर्शनमा आएको छ । बेपत्ता भएकी आफनो छोरीको खोजीमा लागेको बाबुको कथामा चलचित्र आधारित छ । चलचित्रमा बिद्युत जामवाल, सिवालिका ओबराय प्रमुख भुमिकामा देखिएका छन् भने चलचित्रलाई फारुख कविलले निर्देशन गरेका छन् ।