• २९ वैशाख २०८१, शनिबार

खुकुरी प्रहारबाट युवक घाइते

blog

अमरराज नहर्की

तनहुँ, असार २२ गते । तनहुँको व्यास नगरपालिका –१२ घाँसी कुवामा खुकुरी प्रहारबाट मङ्गलबार राती एक युवक गम्भीर घाइते भएका छन् । सोही ठाउँस्थित एएम हाइवे होटल एण्ड लजमा सोही लजका साहु म्याग्दे गाउँपालिका –७ का अर्जुन बिक र व्यास नगरपालिका –३ बस्ने वर्ष २७ को रिसफ ठकुरी लगायतबीच झगडा हुँदा ठकुरी घाइते भएको प्रहरीले जनाएको छ ।

ठकुरीको उपचारका लागि जिल्ला अस्पताल दमौलीमा प्राथमिक उपचार गरी मेरुदण्ड, दाहिने हातको पाखुरा र बायाँ हातको पातामा गहिरो चोट लागेकोले मेट्रोसिटी अस्पताल पोखरामा थप उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । 

विकको मुखमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने होटलका साहु बिकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको प्रनाउ खड्काले बताउनुभयो ।