• २८ वैशाख २०८१, शुक्रबार

तीन बस्तीमा गाडी पुगेपछि स्थानीयमा खुसियाली

blog

गाउँमा गाडी पुगेपछि खुसीयाली मनाउँदै स्थानीय । तस्बिर : गोरखापत्र

राजन रावत 

हुम्ला, असार २२ गते । दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका–२ का तीन वटा बस्तीमा एकसाथ गाडी पुगेपछि स्थानीयमा खुसियाली छाएको छ । यसै आर्थिक वर्षबाट सुरु भएको सडक निर्माण कार्य पूरा भएर गाडी सञ्चालनमा आई बस्ती बस्तीमा गाडी पुुगेपछि स्थानीयले स्वागतसहित खुशी मनाउनुुभएको हो । 

कटेल गाउँकी स्थानीय भावना शर्माले पहिलो पटक गाउँमा गाडी पुगेको बताउनुभयो । उहाँले गाउँपालिका केन्द्र छप्रेलामा यसअघि नै गाडी पुुगेको भए पनि आफ्नो गाउँमा यति चाँडै गाडी गुड्छ भन्ने बिस्वास स्थानीयमा नभएको बेला घरआँगनमै गाडी पुुग्दा स्थानीय हर्षित भएको जानकारी दिनिुुभयो ।

बोलेरो जीप आगनमै पुुगेपछि स्थानीयले गाडी चालक र यात्रुुलाई स्वागत गर्नुभएको थियो । उहाँको गाउँमा मात्र गाडी पुुगेको छैन । छिमेकी कटिकबाडा, कोलिवाडा र क्षेत्रपाल आधारभुूत विद्यालयसम्म एकै दिन गाडी गुडेको थियो । 

गाउँपालिका अध्यक्ष लालकेश जैसीले स्थानीय उपभोक्ताद्वारा सडक निर्माण गरेर सञ्चालनमा आएपछि गाउँगाउँमा गाडी पुगेको बताउनुुभयो । गाउँपालिकाको आफ्नै लगानीमा सो सडक निर्माण गरिएको हो । उहाँले गाउँपालिका केन्द्र छप्रेलाबाट तीन किलो मिटर सडक निर्माण गरेर ती गाउँ गाडी सञ्चालन आएको बताउनुभयो ।

यसका लागि अघिल्लो आर्थिक वर्षमा ४७ लाख र यसवर्ष १५ लाख गरि कुल ६२ लाख रुपियाँमा सडक निर्माण भएको हो ।यसबाट तीनवटै गाउँका तीन सयभन्दा बढी घरधुुरी लाभान्वित भएका छन् । ताँजाकोट गाउँ पालिकका पाँचवटै वडा केन्द्रमा सडक सञ्जाल यसअघि नै जोडिइसकेको छ । उहाँले अब गाउँ गाउँमा सडक जोड्ने कार्य जारी रहने जानकारी दिनुुभयो ।