शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
बिर्तामोड, कार्तिक २० गते । झापाका विभिन्न प्रहरी कार्यालयबाट लुटिएको मध्ये एक थान इन्सास हतियार फेला परेको छ ।
बुधबार दिउँसो झापा बिर्तामोड नगरपालिका-६, सुगम शान्ति टोलको नजिक रहेको तरुलको झाँडीमा बेवारिसे अवस्थामा फ्याकिएको ०३११००८७२ नम्बरको इन्सास हतियार फेला परेको हो । हतियारको साथमा म्याग्जिन १ थान, सोही हतियारको १९ राउन्ड साबुत गोली र २ असाबुत गोली समेत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उक्त हतियार बरामद गरेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।
उक्त हतियार गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालयबाट लुटिएको समेत प्रहरीले जनाएको छ ।
हालसम्म दुबै इलाकाबाट २२ नाल विभिन्न प्रकारका हतियार हराइरहेको समेत प्रहरीले जनाएको छ ।