• १५ चैत २०८०, बिहिबार

शीर्ष पाँच नेताको भेटवार्ता : छलफललाई निरन्तरता दिने सहमति

blog

तस्बिर गंगा दाहालको फेसबुकबाट साभार

काठमाडौं, असार १९ गते। तीन पूर्व प्रधानमन्त्री र दुई पूर्व उपप्रधानमन्त्रीबीच सामूहिक भेटवार्ता भएको छ। साविक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यबीच आइतबार ललितपुरमा भेटवार्ता भएको हो। 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता अभियानका संयोजक वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपले हेरिएको छ। 

ललितपुरको हात्तीवनस्थित एक निजी निवासमा भएको भेटमा वर्तमान राष्ट्रिय राजनीतिलगायत विविध विषयमा छलफल भएको माओवादी केन्द्रका अध्यक्ष दाहालकी छोरी गांगा दाहालले जानकारी दिनुभयो। 

भेटमा स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, कांग्रेससँगको गठबन्धनका विषयमा छलफल भएको उहाँको भनाइ छ। पाँच नेताबीचको भेटमा छलफललाई निरन्तरता दिने समझदारी भएको उहाँले प्रष्ट पार्नुभयो। 

‘‘भेटवार्ताका क्रममा वर्तमान राष्ट्रिय राजनीति, राष्ट्रिय स्वाधीनताको स्थिति, स्थानीय निर्वाचन, वाम तथा समाजवादी आन्दोलन, नेपाली कांग्रेससँगको  गठबन्धन आदि विषयमा छलफल भएको छ’’, दाहालले फेसबुकमा लेख्नुभएको छ, ‘‘नेतृत्व तहको यो छलफललाई निरन्तरता दिने समझदारी पनि बनेको छ।’’