• २ असार २०८१, आइतबार

तेक्वान्दोमा दीलिप स्मृति च्याम्पियन

blog

तेक्वान्दो उपाधि विजेता दीलिप स्मृति प्रतिष्ठान टोली । तस्बिर : राखेप

काठमाडौं, असार १९ गते । दीलिप स्मृति प्रतिष्ठान प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । ६ स्वर्ण र ३ रजतसाथ प्रतिष्ठान समग्रमा टिम च्याम्पियन बन्न सफल भएको हो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय तेक्वान्दो विभागको आयोजनामा भएको प्रतियोगितामा ३ स्वर्ण, १ रजत र १ कांस्यसहित कोटेश्वर तेक्वान्दो डोजाङ दोस्रो भयो । तेस्रो स्थानको मूलपानी तेक्वान्दो डोजाङले २ स्वर्ण, ३ रजत र २ कांस्य जित्यो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार र १० हजार रुपियाँ पुरस्कार प्राप्त गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा कोटेश्वरका सागर घिमिरे तथा महिलामा प्रतिष्ठानकी भवानी बुढाथोकी उत्कृष्ट खेलाडी चुनिनुभयो। उत्कृष्ट दुवैले जनाले जनही ५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । विजेतालाई पूर्व मन्त्री विष्णु पौडेल, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, महासचिव पुरेन्द्रविक्रम लाखेलगायतले पुरस्कार प्रदान गर्नुभयो ।