• २ असार २०८१, आइतबार

गोल्डेनगेट सेमिफाइनलमा

blog

काठमाडौं, असार १९ गते । गोल्डेनगेट राष्ट्रव्यापी खेलकुदअन्तर्गत यू–२३ पुरुष बास्केटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा गोल्डेनगेटले विशाल मिलन केन्द्र (बीएमके) लाई ७२–६८ ले पराजित गर्दै सेमिफाइनल पुग्ने अन्तिम टोली बन्यो । गोल्डेनगेटका अभिषेक सिंहले २९ अंक जोड्नुभयो । रोयल, टाइम्स र कीर्तिपुरले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय बास्केटबल विभागको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत सोमबार हुने सेमिफाइनलमा गोल्डेनगेटको भेट रोयलसंग हुनेछ भने टाइम्सले कीर्तिपुरको सामना गर्ने छ । दुई अर्थहीन खेलमा बलर्स एकेडेमीले आईएसए नेपाललाई ७३–६७ तथा जेभियरले मेरिलियोनलाई ५९–४९ ले हराए । बलर्सका आलोक क्षेत्रीले १३ तथा जेभियरका आभाष गुरुङले १२ स्कोर गर्नुभयो ।